Barun Pokhrel (Nepal)
Visual Artist
“I have completed BFA AND MFA from Sough Korea. I have participated in many group art exhibitions and art fairs in Nepal and Korea. I have done four solo exhibitions in South Korea. Currently, I’m working as freelance coordinator for Nepal-Korea art and cultural exchange and exhibitions programs. I’m also working as an art instructer at Kangwon National University in South Korea.”
Choice
By Barun Pokherel, Nepal
शक्तिलाइ कुनै कुराले विस्थापित गर्न सक्दैन।शक्ति अस्तित्वको पहिलो शर्त हो। शक्ति कहाँबाट र कसरि सुरुभयो होला भनेर प्रश्न गर्नु मुर्खता हुन सक्छ। हरेक वस्तुले आफ्नो शक्ति अनुसार आफ्नो अस्तित्वको निर्धारण गरेका हुन्छन्। समाज विकास संगै शक्तिको परिभाषा पनि बदलिँदै गयो। प्राकृतिक शक्ति सँगै कृतिम शक्तिको प्रवेश भयो। अन्तत: कृतिम शक्ति यति शक्तिशालि भयो कि अस्तित्व निर्धारणको मानक बन्न पुग्यो। जनावर युगदेखि अति-उत्तर आधुनिक(neo post modern) समय सम्म आइपुग्नु नै कृतिम शक्तिको परिणाम हो। जिवन सहजताको लागि सुरु गरिएको ब्यापारिक आदानप्रदानको वस्तु समयक्रम सँगै ‘पैसा’मा रुपान्तरण भयो। पैसा आधुनिक कृतिम शक्तिको यस्तो मानक बन्न पुग्यो, जुन सानो कागजमा लेखिएका अंकले शक्तिको निर्धारण स्र्न थाल्यो। यौटा सानो कागजको शक्तिहिन टुक्रा र त्यसमा लेखिएको अंकको मात्रा नक अहिलेको सबैभन्दा ठुलो शक्ति हो।अहिलेको विश्वमा सवैभन्दा शक्तिशालि वस्तु नै पैसा नामक कागजमा लेखिएको अंकको मात्रा बन्न पुग्यो। जिवनको लागि पैसा यति महत्वपुर्ण बन्यो कि स्वास फर्ने अक्सिजन पनि पैसाले नै किनिन्छ। म यो शक्तिलाइ नियालिरहेको छु, देखिरहेको छु,भोगिरहेको छु र बिष्लेष्ण गरिरहेको छु यसको अनन्त शक्ति। अर्को तर्फ हरेक राजनैतिक भूगोलका नोटमा अंकित उक्त समुदायका शक्तिका मानक सुन्दर चित्रआकृतिहरु अत्यन्तै शक्तिशाली रुपमा जिवित। तर हामि अंकमा यति आशक्त छौँ कि कुनै नोटको पृष्ठभूमीमा के छ हेक्का राख्दैनौँ। केवल शक्तिशालि अंक मात्र हाम्रो दिमाखमा रहिरहन्छन शक्तिको पुजारीको रुपमा। मलाइ यी अंक देखि समस्या छ।म हरेक नोटका सुन्दर पृष्ठभूमिमा रमाउछु र त्यसका अंकको शक्तिलाइ उक्त नोट माथि अनेक भावभंगिद्वारा व्यक्त गर्न चाहन्छु।
Title: Choice
Size: 116 X 271cm
Medium: Oil on canvas
Year: 2020
